चूडामणि पौडेल सचिवमा बढुवा


 


काठमाडौं, चैत ८ । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरि सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको छ ।

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उनीहरुलाई दस्तुर मिनाह गरिएको मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्