सुनको मूल्यमा अर्को नयाँ रेकर्ड, एकैदिन ह्वात्तै बढ्यो


 


काठमाडौं, चैत ८ । सुनको मूल्यमा आज (बिहीबार) फेरि अर्को रेकर्ड कायम भएको छ । सुन आज तोलामा एकै दिन दुई हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य हिजो (बुधबार) प्रतितोला एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुनको मूल्य फागुन २९ गते प्रतितोला एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

यसैगरि आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्