भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित


 


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भ्रमण स्थगित गरेको जानकारी गराएको हो ।

यसको पछाडि खराब मौसमलाई कारण मानिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो ।’

परराष्ट्र मन्त्रालयले दुवै पक्षले प्रधानमन्त्री मोदीको भ्रमणको नयाँ मिति तय गर्न काम गरिरहेको बताएको छ।

प्रधानमन्त्री मोदी २१ र २२ मार्चमा भुटान भ्रमणमा जाँदै थिए।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्