मधेश प्रदेशका गृहमन्त्रीको सानदार सुरुवात, पदबहालीमै गरे सुराकी खर्च खारेज

जनकपुर, ७ चैत। मधेश प्रदेशमा सुराकी खर्च खारेज गरिएको छ । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयसमेत सम्हाल्नुभएका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गर्नुभएको हो ।

सुराकी खर्चको नाममा मासिक ठूलो रकम खर्च भइरहेको तथ्य सार्वजनिक भएलगत्तै मन्त्री यादवले आज सुराकी खर्च नै खारेज गर्नुभएको हो । एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हाल्नुभएका यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न आज मन्त्रालय पुग्नुभएका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने पहिलो निर्णय गर्नुभएको हो । सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएको तथ्यसहित समाचार आएपछि मन्त्री यादव निकै गम्भीर बन्नुभएको हो । मन्त्री यादवले राज्यकोषमाथिको ब्रम्हलुट रोक्न पदबहालीमै सुराकी खर्च खारेज गर्नुभएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेज गर्ने निर्णय गर्नुभएको हो । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च आवश्यक छैन । राज्यकोषमाथि ब्रम्हलुट गर्न मिल्दैन भनेर पदबहालीमै खारेज गर्ने निर्णय गर्नुभएको छ,’ सूचना अधिकारी सिंहले भन्नुभयो ।

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुसी बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् । सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन अघि बढाएको छ । अख्तियारको पत्रपछि मधेश प्रदेश सरकारले सवै बिवरण पठाइसकेको छ ।

एमालेबाट मन्त्री बन्नुभएका यादवको यो निर्णयले राज्यकोषमाथि बिशिष्ट अधिकारीको ब्रम्हलुट रोकिएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्