अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विकल्प रहेन : भट्टराई


 


काठमाडौं, चैत ७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म सुशासन र स्थिरता नहुने बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने देशमा भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताए ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री तथा पूर्ण समानुपातिक संघीय र प्रदेश सभा बनाउने अभियान गर्नुपर्छ,’ उनले भने, ‘एक वर्षमा तीन पटक सरकार परिवर्तन हुने स्थिति आइसक्यो ।’

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्