कोशी नदी किनारबाट १ सय ६३ किलो गाँजा बरामद


 


सुनसरी, चैत ७ । बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा समेतबाट खटिएको प्रहरीले नदीको किनारमा वेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्