काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


 


काठमाडौं, चैत ७ । काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

प्रहरीले बाग्लुङ नगरपालिका–१४ घर भई काठमाडौं टोखा नगरपालिका–५ बस्ने ४९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्