काठमाडौंसहित विभिन्न ठाउँमा विहानैदेखि वर्षा


 


काठमाडौं, चैत ७ । बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा आज विहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं, भक्तपुरलगायत दे्का विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा काठमाडौंदेखि झापासम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घन्टामा सिराहामा अधिक पानी परेको छ । सप्तरी र सिराहाको सीमामा पर्ने चुरेमाईमा पछिल्लो २४ घन्टामा ३० मिलिमिटर पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनकाअनुसार बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्