सुनको मूल्य स्थिर, चाँदीको घट्यो


 


काठमाडौं, चैत ७ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

सुन आज पनि प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्