उपनिर्वाचनको तयारी तीव्र


 


काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा र बझाङको क्षेत्र नं. १ मा हुने प्रदेशसभा उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ।

आयोगले प्रकाशित उपनिर्वाचनको कार्यतालिकाअनुरूप तयारी अघि बढाएको हो ।

स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार गत फागुण १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम र दल दर्ताको कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि दलहरू दर्ता भइसकेको बताए ।

उहाँका अनुसार उपनिर्वाचनमा भाग लिन इलाममा २० वटा र बझाङमा १९ वटा दलले दर्ता गराएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलहरूलाई आयोगले निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्