बारामा पोथी बाघ गोली हानेर मारेको भेटियो


 


बारा, चैत ६ । बाराको कोल्हवी नगरपालिका– २ मा दुई वर्षको पोथी बाघ मृत फेला परेको छ ।

डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको हो ।

डिभिजन वन कार्यालयले बाघलाई गोली प्रहार गरेर मारिएको जनाएको छ । यसबारे अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्