यसकारण आफ्नै बुबाको पार्टीबाट निष्कासन हुनु पर्यो उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशले


 


एजेन्सी ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बुबा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बुबा मुलायमले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने काममा संलग्न रहेका आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेका हुन् ।

मुलायमले अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री छान्ने बताएका छन् ।

मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभाको चुनाव हुनु अघि पार्टीलाई कमजोर पार्ने काममा सक्रिय रहेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निष्कासन गर्नु परेको बताएका छन् ।

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्