अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जना पक्राउ


 


काठमाडौँ, चैत ६ । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई हाल गोकर्णेश्वर बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई गोकर्णेश्वर घर भएका २८ वर्षीय तेम्बा लामालाई पक्राउ गरेको हो ।

क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी खेल खेलाउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरील्े जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्