माओवादी पदाधिकारी बैठक बस्दै


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्