महरालाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


 


काठमाडौँ, चैत ५ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई आदेश दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले सोमबार बिहान रुपन्देहीबाट पक्राउ गरिएका महरालाई काठमाडौँ ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्