चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख ठगी, एकजना पक्राउ


 


काठमाडौं, चैत ५ । चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरपमा एक पक्राउ परेका छन् ।

चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ बस्ने २७ वर्षीय संजिभ तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्