सर्वोच्च अदादत परिसरबाट दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ


 


काठमाडौँ, चैत ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका छन् ।

आज बिहान काठमाडौँ महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले दिपक खड्का र राजकुमार धिताललाई पक्राउ गरेको हो ।

प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलो दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको छ ।

उनीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्