इटहरीमा भोजपुरका एक युवकको डुबेर मृत्यु


 


सुनसरी, चैत ५ । ईटहरी उपमहानगरपालिका–८ स्थित नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

सोही उपमहानगरपालिका–८ फुलबारी टोल डेरा गरी बस्ने भोजपुर घर भएका १९ वर्षीय अम्बिराज राईको आइतबार दिउँसो मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्