बुढानीलकण्ठमा आगोले जलेर एक जनाको मृत्यु


 


काठमाडौं, चैत ५ । बुढानीलकण्ठ नगरपालिका(४ चपलीस्थित टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबारराति टहरामा आगलागी हुँदा ३५ वर्षीय राजु भण्डारीको घटनास्थलमै जलेर मृत्यु भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्