स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


 


पर्सा, चैत ५ । वीरगंज महानगपालिका–१६ बाट स्रोत नखुलेको रकमसहित प्रहरील्े एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भएका ५० वर्षीय रामबाबु साह कलवारलाई आइतबार बेलुकी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्