दुई समिति सभापति निर्विरोध, लिए शपथ


 


काठमाडौँ, चैत ५ । राष्ट्रियसभा अन्तर्गतका दुई विषयगत समिति सभापति निर्विरोध निर्वाचित भएका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्त निर्विरोध निर्वाचित भएका हुन् ।

दुवै समितिको सभापतिमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेको थियो । दुबै सभापतिले पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्