दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख रावतको मृत्यु


 


बुटवल, चैत ५ । सवारी दुर्घटनामा परी रूपन्देहीको मझगाँवा मालपोत कार्यालयका प्रमुख तिलक रावतको मृत्यु भएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकल चालक रावतको मृत्यु भएको हो ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार र लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवा तर्फ आइरहेको प्रदेश ३(०२(००१ ब ४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका रावतको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्