सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ


 


काठमाडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं ल्याउन लागिएको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाहीका लागि गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

आयोगले महरासँग यसअघि बयान लिएको थियो । यही सुन प्रकरणमा उनका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्