सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै


 


काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ ।

शनिबार बिहान १० सदस्यीय सत्ता गठबन्धन कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

न्यूनतम साझा कार्यक्रममा अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता राखिएको दाबी गरिएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्