सुनसरीको बर्जुमा आगलागीमा ५० लाखको क्षति


 


इनरुवा, ४ चैत । सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ ।

स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले राससलाई जानकारी दिनुभयो ।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्