राप्रपा नेता कुटपिट प्रकरण : सहायक महामन्त्रीसहित तीन नेता निलम्बन


 


काठमाडौँ, चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न रहेको आरोपमा सहायक महामन्त्रीसहित तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बमलाई निलम्ब्न गरेका हुन् ।

घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टाभित्र छानबिन गरी प्रतिवदन दिन निर्देशन दिएको थियो ।

गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्