कांग्रेस सरकार ढाल्ने चलखेलमा छ : सचेतक बर्तौला


 


काठमाडौँ, चैत ४ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई आक्रमण गरेर सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । उनले काँग्रेस सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा प्रस्तुति देखाइरहेको बताए ।

‘ काँग्रेसले रास्वपाको नेतृत्वकर्ता गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ, उनले भने, ‘अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन ।’

उनले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताए ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्