बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीको पनि बयान लिइने


 


काठमाडौं, चैत ४ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्रीले वयान लिन निर्देशन दिएका थिए ।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा विनेद चौधरीका भाई अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो ।

तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक समेत रहेका अरुण कुमार चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका थिए । तीनै जना रिहा भएका हुन् ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्