सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, चैत ४ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्