प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथिको छलफल जारी रहने


 


काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८०’ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

तर यता कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्रीले प्रस्टीकरण नदिएसम्म कांग्रेसले जवाफ मागिरहने अडान लिएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्