कर्णालीलाई हराउँदै प्रतियोगिताकाे उपाधि आर्मीलाई


 


विराटनगर, चैत ३ । कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको हो । जीतका लागि १११ रनको लक्ष्य पाएको आर्मीले ४६ बल अगावै मात्र एक विकेटको क्षतिमा सफलता हात पारेको हो ।

आर्मीका लागि प्लेअर अफ द म्याच तीर्थराज दास घोषित ए । उनले अर्धशतकीय पाली खेले । उनले ३३ बलमा पाँच चौका र २ छक्का हिर्काए ।

त्यस्तै, ओपनर इमरान शेख ३८ रन बनाएर नटआउट रहे । विकेटकिपर सन्तोष कार्कीले २१ रन बनाए । कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो । विपिन रावलले सर्वाधिक २७ रन बनाउँदा ओपनरद्वय रवीन्द्र शाही र मनिष थापाले समान २१–२१ रन बनाए ।

आर्मीका तीर्थराज दास, बासिर अहमद, शाहब आलम र सुमित श्रेष्ठले २–२ विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्