अनुसन्धान ब्युरोमा ज्ञवालीलाई ल्याइयो, प्रमुख बज्राचार्यको कार्य विभागमा सरूवा


 


काठमाडौ, २ चैत । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखमा एआईजी श्याम ज्ञवालीलाई ल्याएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेर
अर्का एआइजी ज्ञवालीलाई ल्याइएको हो ।
बज्राचार्यलाई भने ज्ञवाली प्रमुख रहेको प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कार्बाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।
मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री वर्षमान पुन, कानूनमन्त्री पदम गिरीलगायतले सुन तस्करी सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिने सुझाव दिएका थिए ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्