करेन्ट लगाएर माछा मार्दा दुईको मृत्यु


 


इलाम, पुस १६

करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको टोली घटनास्थल पुगेको थियो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्