श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ


 


सिरहा, चैत २ । लक्ष्मीपुरपतारी गाउँपालिका आफ्नै श्रीमतीको हत्या गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

४० वर्षीया कुमियाँदेवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका–६ सितापुरका श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्