एमाले सचेतक बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत


 


काठमाडौँ, चैत २ । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको जानकारी गराएका हुन् ।

यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्