विराटनगरमा स्टाफ नर्सको हत्या, बाथरुममा भेटियो शव


 


विराटनगर, चैत १ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्