पशुपतिनाथ क्षेत्रको वनकाली जंगलमा किशोरीको शव फेला


 


काठमाडौँ, चैत २ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकाली जंगलमा किशोरीको शव भेटिएको छ ।

सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

बिहिबार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको गौशालाका डीएसपी केशव थेवेले जानकारी दिए ।

कपनस्थित बालुवाखानीमा बस्ने सुस्मिता रिलायन्स एकेडेमीमा पढ्थिन् । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्