संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय


 


काठमाडौं, पुस १५

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव हुन नदिने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको मोर्चाको बैठकले आफ्ना माग सम्बोधन हुने गरी सरकारले ल्याएको संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिने भएको हो । तीन ठूला दलले स्थानीय चुनाव गर्ने सैद्धान्तिक सहमति गरेपछि मोर्चा त्यसको विपक्षमा उभिएको हो ।

संविधान संशोधन नगरी निर्वाचन गर्दा द्वन्द्व निम्तने भन्दै आफूहरु चुनावको विपक्षमा उभिने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । यस्तै मोर्चाले चुनावको विरोधमा पुस १८ गते जिल्ला सदरमुकामा प्रर्दशन गर्ने निर्णय पनि गरेको छ ।

मोर्चाले पुनसंरचना आयोगको प्रतिवेदन संविधान संवत नभएको भन्दै अस्वीकार गर्ने बताएको छ । यस्तै शुक्रबार नै नेपाली कांग्रेसले मधेसी मोर्चाका नेतासँग छलफल गर्दैछ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरवारमा मोर्चाका नेतासँग अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न लागेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्