सरकारी गाडीमा आगजनी


 


काठमाडौं, पुस १५

नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्