राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् ।

साथै, आ.व. २०८१-८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्