माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?


 


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि आजका लागि बोलाइएको हो ।

सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्