कानुनमन्त्रीद्वारा उपभोक्ता अदालत स्थापनाको प्रतिबद्धता


 



काठमाडौँ, १ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘उपभोक्ताको चाहनाः सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उहाँले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताउनुभएको हो ।

“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,”– उहाँले भन्नुभयो – सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि आदेश दिइसकेको र कानुन मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले उपभोक्ता अदालत शीघ्र स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्