आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, पुस १५

आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ७ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५३ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा भने कुनै घटबढ् नभएको बताईएको छ । हिजो प्रतितोला ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पन ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्