सिद्धार्थ प्रिमियरको पब्लिक डाइरेक्टरमा सुमित केडिया नियुक्त


 


काठमाडौैं, चैत १ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको डाइरेक्टरमा सुमित केडिया नियुक्त हुनुभएको छ ।

काठमाडौंमा बुधबार (हिजो) सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डाइरेक्टरमा नियुक्त हुनुभएको हो ।

उहाँले विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आउनुभएको छ ।

उहाँको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने सिद्धार्थ प्रिमियरको अपेक्षा छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्