अब बहुउद्देश्यीय सहकारीको काम छैन : डा. खतिवडा


 


काठमाडौँ, चैच १ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरूको अब काम नभएको बताएका छन् ।

बिहीबार काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने भन्दै उनले अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए ।

सहकारीका सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्