शेयर बजारमा २७ अंकको गिरावट, ३ अर्ब ९४ करोडको कारोबार


 


काठमाडौं, चैत १ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २७.८४ अंकले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४४ वटाको बढेको छ भने १९६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६.०२ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ५० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्