पम्पलेट टाँसेर मन्त्री यादवको चरित्र हत्या गर्ने दुई जना पक्राउ


 


काठमाडौँ, चैत १ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्र गरेको छ ।

उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँस्ने पङ्कज झा र मनिष पूर्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो । प्रहरीले उनीहरुलाई बुधवार राति पक्राउ गरेको हो । हिन्दु धर्मका अभियन्ता भनिने हुउनीहरूको बारेमा थप छानबिन भइरहेको उनले बताए ।

धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्