भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना, ६ जनाको मृत्यु


 


विराटनगर, चैत १ । उदयपुरको वेलका नगरपालिका– ७ स्थित भीरबाट बाेलेरो जिप खस्दा ६ जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको को १ ज ३२९३ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरीका एसपी दिपक पोखरेले जानकारी दिए ।

उनका अनुसार जिप बिहीबार बिहान करिब साढे १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा थप सात जना गम्भीर घाइते छन् ।

सडकबाट चार वटा मोडहरू समेत कटेर जिप खोँचमा खसेका कारण उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उद्धार गर्न कठिनाइ भइरहेका कारण मृतकको संख्या बढ्ने उनले बताए । बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।

जिप उदयपुरको वेलका नगरपालिका–७ स्थित उदयपुर र भोजपुर जोड्ने चुहार पुल जाने ओरालो सडकमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्