निर्वाचनका लागि २० दलले दिए निवेदन


 


काठमाडौँ, चैत १ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको अयोगले जनाएको छ ।

आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क)मा काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्