देशलाई नोक्सान पार्ने कामलाई सरकारले प्राथमिकता दिएको ओलीको आरोप


 


बुटवल ,पुस १५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई नोक्सान पार्ने कामलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

सरकारलाई कामचलाउ, आवधिक र म्यादी सरकार संज्ञा दिदै अध्यक्ष ओलीले चुनावको वातावरण गराएर सत्ता सुम्पिनुपर्ने सरकारले हतार हतारमा मुलुकलाई अहित गर्ने कामलाई प्राथमिकता दिन थालेको आरोप लगाए।

अपरिचित व्यक्तिको गोली प्रहारबाट हत्या भएका युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको सम्मानमा संयुक्त संघर्ष समिति र युवा संघ रुपन्देही क्षेत्र नम्बर १ ले रुपन्देहीको देवदहमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै यो सरकारले चुनावी वातावरण बनाएर छाड्नुपर्ने हो, तर त्यसो गरिरहेको छैन, प्रभुको चित्त बुझाउने काममा बढी ध्यान दिएको उनले बताए  । पहाड र तराईलाई अलग गर्ने प्रस्तावको सन्दर्भ कोट्याउँदै उनले राष्ट्रहित विपरीतको प्रस्ताव संसदमा लगेर छलफल गर्न नपाइने बताए।

कार्यक्रममा एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले बोल्दै अपराधीलाई कानुनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्